हेटौंडा काठमाडौँ जोड्ने बिभिन्न सडक अवरुद्ध

हेटौंडा । भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकअन्तर्गत पर्ने भीमफेदी गाउँपालिका ६, देउराली र चिसापानीगढीमा आज पहिरो जाँदा हेटौँडा(काठमाडौँतर्फको यातायात सेवा अवरुद्ध भएको छ ।
भीमफेदी देउराली र चिसापानीगढीमा गएको पहिरो हटाई भीमफेदी काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याउन डोजरसहित प्राविधिक पठाइसकेको भीमफेदी इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए ।

त्यसैगरी बुधबार साँझ आएको अविरल वर्षाले गर्दा हेटौँडादेखि ललितपुरको सातदोबाटो जोड्ने कान्तिराजपथका विभिन्‍न सात स्थानमा पहिरो जाँदा हेटौँडा९ललितपुरको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको जनाएको छ ।

कान्तिराजपथको घट्टेखोला, जितपुर भञ्ज्याङ र ठिंगनको विभिन्‍न स्थानमा गएको पहिरो हटाई शुक्रबार अपराह्‍नसम्ममा यातायात सेवा सञ्चालन गर्नेतर्फ आवश्यक प्राविधिकसहित डोजर खटाइसकेको मकवानपुका प्रजिअ दीपक नेपालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*