गण्डकी प्रदेशमा लगातार कोरोना सङ्क्रमित बढ्दै , सङ्क्रमित ३२४ पुगे
हेटौंडा । गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले ९ बजे अद्यावधिक गरेको पछिल्लो रिपोर्ट अनुसार प्रदेशमा थप ३० जना सङ्क्रमित थपिएका हुन् । यसअघि प्रदेशले पौने ६ बजे ४२ जना र ८ बजे थप ५ जना सङ्क्रमित थपिएको अद्यावधिक गरेको थियो ।
समग्रमा हेर्दा अहिलेसम्म आज एकै दिन ४२, ५ र ३० गरी ७७ नयाँ सङ्क्रमित थपिएर गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या ३ सय २४ पुगेको छ ।
























