मितेरी पुलको उद्घाटन

हेटौंडा । हेटौंडा–११ नवलपुर र बसामाडी ३ जोड्ने गरी बनाइएको मितेरी पुलको उद्घाटन गरिएको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा पुलको उद्घाटन गरिएको हो ।

२०७६ पुसबाट काम सुरु भएको पुलको कुल लागत १२ लाख ५० हजार ९ सय ७२ रुपैयाँ रहेको उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर गोलेले बताए । जसमध्ये आयोजना कार्यालयले १० लाख, जनसहभागिताबाट १ लाख २५ हजार ८ सय ७५ र विभिन्न निकायबाट १ लाख २५ हजार ९७ रुपैयाँ रहेको छ ।

गोलेका अनुसार उक्त पुलबाट १५० घरधुरी लाभान्वीत हुनेछ्न् । उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर गोलेको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रममा हेटौंडा–३ का वडा अध्यक्ष रामकुमार पुडासैनी, हेटौंडा–११ का वडा सदस्य आर सि न्यौपाने, मनकामना सरस्वती टोल विकास संस्थाका अध्यक्ष रोशन गोले, लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*