हेटौंडा – काठमाण्डौ जोड्ने दुईवटा सडक अवरुद्ध

हेटौंडा । हेटौंडा – काठमाण्डौ जोड्ने दुईवटा सडक अवरुद्ध भएका छन् ।

मकवानपुरको भीमफेदीमा पहिरो जाँदा हेटौंडा–काठमाडौं सडक अवरुद्ध भएको हो । भीमफेदी जुरीखेतदेखि देउरालीसम्म विभिन्न ठाउँमा पहिरो गएको छ । बिजुलीका पोल पनि ढलेका छन् । पहिरो झरेपछि गाडीहरु रोकिएका छन् । त्यस्तै कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको छ ।

मकवानपुरको बकैया–११ घट्टेपाखामा पहिरोले काठमाण्डौ आउजाउ गर्ने गाडी चल्न सकेका छैनन् । कान्ति लोकपथअन्तर्गत मकवानपुर र ललितपुरका विभिन्न ठाउँमा पहिरो खसेर आवतजावतमा समस्या हुँदै आएको र खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । वर्षायाममा कान्ति लोकपथका विभिन्न ठाउँमा पहिरो झर्ने गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*