बागमती प्रदेशमा पीसीआर जाँचलाई तिव्रता दिइयो

हेटौंडा । बागमती प्रदेशका १३ जिल्लामा प्रदेश सरकारले कोरोना परिक्षणमा तिव्रता दिएको छ । कोरोना परिक्षणको अर्को विधि आरडीटी संगै पीसीआर जाँचलाई तिव्रता दिइएको हो । बागमती प्रदेशमा हाल सम्म १३ हजार ९ सय १० जनाको पीसीआर जाँच गरिएको प्रदेशको सामाजिक विकसा मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो ।

प्रदेशका जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौमा पीसीआर जाँच गरिएको छ । काठमाण्डौमा ३ हजार ७ सय ८० जनाको पीसीआर जाँच गरिएको उहाँले वताउनुभयो । त्यसैगरी ललितपुरमा १ हजार ९ सय ४ जना, भक्तपुरमा १ हजार ३ सय सय ३५ जना, रसुवामा सवै भन्दा कम ३२ जनाको पीसीआर जाँच गरिएको डाक्टर सेडाईले जानकारी दिनुभयो ।

त्यसैगरी नुवाकोटमा ४ सय ८८ जना, धादिङमा ७ सय ३२ जना, चितवनमा २ हजार ४ सय ३२ जना, सिंधुलीमा ५ सय १ जना, मकवानपुर जिल्लामा ८ सय ४५ जना, रामेछापमा ३ सय ८७ जना, दोलखामा एक सय ८८ जना, काभ्रेमा ४ सय १६ जना र सिन्धुपाल्चोकमा ५ सय ७७ जनाको पीसीआर जाँच गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*