हेटौंडा उपमहानगरपालिकाको बजेट २ अर्ब ८ करोड

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको सातौ नगरसभा बैठक आज हेटौंडामा भएको छ । बैठकले आगामी आर्थिक वर्ष २०७७। ०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैंयाको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा केही घटेर आएको हो । लकडाउनका कारण उपमहानगरपालिकाको आन्तरिक आयमा कमी आएको मेयर हरिबहादुर महतले वताउनुभयो ।

आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिने मेयर महतले वताउनुभयो । बजेटमा पुर्वाधार विकास तर्फ ९७ करोड ९८ लाख ३९ हजार, आर्थिक विकास तर्फ ६ करोड ५३ लाख, सामाजिक विकास तर्फ ७२ करोड ७४ लाख ७९ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ४ करोड ७१ लाख १९ हजार र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन तर्फ ३ करोड ५४ लाख विनियोजन गरिएको उपमेयर मिना कुमारी लामाले वताउनुभयो ।

उपमहानगरले आन्तरिक श्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ, राजश्व बाडफाड बाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार तथा संघीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख र असार मसान्तसम्म खर्च नभइ बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँबाट खर्च व्यहोर्ने लक्ष्य राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*