हेटौंडा ८ कमानेमा राहत वितरण

हेटौंडा, १३ असार । ग्लोरियस चर्चको आयोजना मा हेटौंडा ८ कमानेमा राहत वितरण गरिएको छ । कमजोर आर्थिक अवस्था भएका चर्चका सदस्य तथा स्थानीय वासिन्दालाई एकएक बोरा चामल सहित दाल, चिनी , नुन, साबन लगायत सामाग्री वितरण गरिएको चर्चका पास्टर मोहन शाहले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को समन्वयमा आर्थिक अवस्था कमजोर भएका एक दर्जन घर परिवारलाई राहत वितरण गरिएको उहाँले बताउनु भयो । राहत वितरण कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगर पालिका वडा नम्बर ८ का अध्यक्ष गोपाल श्रेष्ठले चर्चले गरिब तथा असाहयहरुलाइ पटक पटक राहत वितरण गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । एउटा निश्चित धर्म मान्नेहरुको सस्था भए पनि विभिन्न धर्म समुदायको मानिसहरूलाई सहयोग गरेको भन्दै अध्यक्ष श्रेष्ठले खुशी व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*