आजमात्र नेपालको बारा तथा सर्लाहीमा देखिएको सलह किरा मकवानपुरमा पनि देखियो
हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा सलह किरा देखिएको छ । आजमात्र नेपालको बारा तथा सर्लाहीमा देखिएको सलक किरा मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिका तथा हेटौँडाको वडा नंबर १८ को केहि क्षेत्रमा देखिएको हो ।
मकवानपुरसँग सिमाना जोडिएको बारामा देखिएको सलह किरा बकैया गाउँपालिकाको वडा नंबर १, २, तथा ७ नंबर वडाको विभिन्न क्षेत्रमा देखिएको आफुलाई त्यहाबाट स्थानीय नागरिकले खबर गरेको गाउँपालिका उपाध्यक्ष सरला बोलखेले बताईन् । बकैया वडा नंबर ७ हात्तिखोलाका अनुराज फुँयालले हजारौको संख्यामा सलह किरा देखिएको बताए । यो विषयमा थप जानकारी लिने काम भैरहेको उपाध्यक्ष बोलखेको भनाई रहेको छ ।
























