मकवानपुरमा सलह किराले मकैबाली नष्ट गर्न थाल्यो
हेटौँडा । हिजोमात्र मकवानपुर प्रवेश गरेको सलह किराले मकवानपुरको विभिन्न क्षेत्रमा बाली नष्ट गर्न थालेको छ । सलहले मकवानपुरको बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका लगाएतको क्षेत्रमा बाली नष्ट गर्न सुरु गरेको हो ।
सलहले बकैया तथा मकवानपुरगढीका किसानले लगाएको मकैबारीलाई नष्ट गर्न थालेको छ । मकवानपुरमा लाखौँको संख्यामा सलह झुण्ड बनाएर आएको स्थानीयहरुले दाबी गरेका छन् । मकवानपुरगढी वडा नंबर ७ को बतासे तथा भण्डारेमा बालीनाली नष्ट गर्न लागेको स्थानीयहरुको भनाई रहेको छ । स्थानीयहरुले थाल ठटाएर केहिबेर सहल धपाएको स्थानीय रामबहादुर लामाको भनाई रहेको छ ।
























