हेटौँडाकी महिलामा कोरोना भाईरस पुष्टि
हेटौँडा । गत आईतबार मुटुको उपचारको लागि काठमाण्डौँ गएकी हेटौँडा ९ निवासी महिलामा कोरोना भाईरस पुष्टि भएको छ ।
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मकवानपुरकी एक महिला भनिएकोमा उनी हेटौँडा ९ कि रहेको खुलेको कोरोना आइसोलेसन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।
कुनैपनि ट्राभल हिस्ट्री नभएकी मुटुरोगी उनी मुटुको भल्बको अप्रेसनको लागि मनमोहन भास्कुलर थोरासिक ट्रान्सप्लान्ट सेन्टर लगिएकोमा उनको स्वाब परिक्षणको क्रममा कोरोना भाईरस पुष्टी भएको चौँलागाईको भनाई रहेको छ।सोमबार संकलन गरिएको स्वाबको रिर्पोट बिहिबारमात्रै सार्वजनिक गरिएको हो ।
























