थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँ – नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका –७ निवासी ४४ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

ती पुरुष कतारबाट आएका थिए ।

कतारबाट आएपछि क्वारिन्टनमा बसेका उनमा कोरोना संक्रमण पुष्टि भएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी मधुमेहका रोगी समेत रहेको गोरखा अस्पतालले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ३३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*