मकवानपुरमा थप एकजनामा कोरोना भाइरस पुष्टि
हेटौँडा । मकवानपुरको एक जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । साउदी अरबबाट आएका इन्द्रसरोबर गाउँपालिका वडा नंबर ४ का ३५ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
हेटौँडाको कोरोना आइसोलेसन वार्डमा असार १८ गतेबाट रहेका उनमा आज कोरोना भाइरस पुष्टि भएको हेटौँडामा रहेको कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।
साउदी अरबबाट उनीसँग करिब २ सयको संख्यामा नेपालीहरु यात्रा गरेर नेपाल फर्किएका थिए ।
























