हेटौँडामा प्रधानमन्त्री ओलीको समर्थनमा युवा तथा विद्यार्थीको प्रर्दशन

हेटाँडा । मकवानपुरको हेटौँडामा प्रधानमन्त्री केपीशर्मा ओलीको समर्थनमा कम्युनिष्ट युवा तथा विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । भारतको इसारामा प्रधानमन्त्रीको राजीनामा आफ्नै पार्टीको तर्फबाट मागिएको भन्दै हेटौँडामा प्रर्दशन भएको हो ।

हेटौँडाको बुद्धचोकबाट सिमाचोकसम्म युवा तथा विद्यार्थीहरुले विभिन्न प्लेकार्ड सहित प्रर्दशन गरेका हुन् । युवा तथा विद्यार्थीहरुले बुद्धचोकबाट हेडम्बीचोक, पल्पसा रोड, संगमचोक, स्कुलरोड सहितको क्षेत्रमा र्याली समेत गरेका थिए ।

र्याली पछि आयोजना भएको कोणसभामा बोल्दै युवा संघ मकवानपुरका संयोजक सन्तोष चौँलागाईले राष्ट्रीयताको पक्षमा बोल्दा प्रधानमन्त्रीको राजीनामा मागेको बताए । उनले भारतीय हरुले नेकपाको आन्तरिक राजनीतिमा खेल्न खोजेको भन्दै यो अवस्थामा कुनैपनि हालतमा प्रधानमन्त्रीको राजीनामा उपयुक्त नभएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*