बागमती प्रदेशमा कोरोनाबाट ६ जनाको मृत्यु
हटौंडा । बागमतीप्रदेशमा कोरोना भाइरसको कारण हालसम्म ६ जनाको मृत्यु भईसकेको छ । यस्तै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ७१ पुगेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार मंगलबार प्रदेशको ९ जिल्लामा थप ३४ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या ६ सय ७१ पुगेको हो ।
यसैगरि २ सय ४३ संक्रमित कोरोना मुक्त भएका छन् ।
























