हेटौँडा उपमहानगरद्धारा माक्स लगाएर हिड्न आग्रह
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले माक्स लगाएर हिडनको लागि आग्रह गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट बच्नको लागि माक्स अनिवार्य रहेको भन्दै उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै घरबाट निस्कदा अनिवार्य रुपमा माक्स लगाएर हिड्न आग्रह गरेको हो ।
स्थानीय तहको आग्रहललाई उलंघन गरेको पाईएमा नेपालको प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख छ । सूचनामा नियमित साबुन पानीले हात धुने, सेनिटाईजरको प्रयोग गर्ने, भिडभाड नगर्ने समेत भनिएको छ ।
कोभिडको संक्रमणलाई न्युनिकरणको लागि सरकारले पनि नेपालको सबै ७७ जिल्लामा घरबाट बाहिर निस्कदा अनिवार्य माक्स लगाउनुपर्ने नीति लागु गरेको छ । मकवानपुरको हेटौँडा समेत कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै हेटौँडा उपमहानगरपालिकाले उच्च सतर्कता समेत अपनाएको जनाएको छ ।
























