सुस्मिताको हत्या आरोपीहरुको आज थुनछेक बहस हुने

हेटौडा । गत असार १ गते हत्या भएकी सुस्मिता केसीको हत्याको विषयमा आज अदालतमा थुनछेक बहस हुने भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ सुर्यचोककी सुस्मिता केसी थापाको हत्यामा संलग्न भएकाहरुलाई हिजो अदालतले बयान लिएको थियो ।
सरकारी वकिलको कार्यलयको तर्फबाट दर्ता गरिएको अभियोगपत्रको शिलशिलामा हिजो उनीहरु बिरुद्ध मुद्धा दायर भएको हो ।

सरकारी वकिलको कार्यालयले हत्यामा संलग्न ५८ बर्षीय ससुरा प्रकाश थापा र २३ बर्षीया नन्द सीता थापालाई आजीवन कैद सजायको माग, ५० बर्षीया सासु तुलसा थापालाई १२ बर्ष जेठी नन्द २७ बर्षीय दुर्गा थापा र उनका पति ३४ बर्षीय अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गरिएको छ ।

पाँचजना बिरुद्ध हत्याको अभियोग दर्ता भएपनि अरुण भने हिजो अदालतमा उपस्थित नभएको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*