हेटौँडाको माल्दिभ्स टोलमा शिव मन्दिर उद्घाटन

मकवानपुर, १ साउन । हेटौँडा ९ मा रहेको ओम सतगुरु शिवशक्तेश्वर बाबा सेवा केन्द्रको निर्माणाधिन शिव मन्दिरको बिहीबार उद्घाटन गरिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष लक्ष्मण भण्डारीले आज शिवलिंग र गणेशमूर्तिको पुजा गरी समुद्घाटन गर्नुभएको हो ।

ओम सतगुरु शिवशक्तेश्वर बाबा सेवा केन्द्रका अध्यक्ष कल्पना ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष लक्ष्मण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै भण्डारीले हिन्दु धर्म सँस्कृतिको जगेर्ना गर्न आफुहरु हरदम तयार रहेको बताउनुहुँदै निर्माणाधिन मन्दिरले सबै हिन्दु धर्मालम्वीहरुलाई एक सुत्रमा बाँध्ने बताउनुभयो । धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको विकास र सम्वद्र्धन गर्न वडाले पनि आवश्यक सहयोग गर्ने समेत औँल्याउनुभयो ।

उद्घाटन कार्यक्रममा ओम सतगुरु शिवशक्तेश्वर दिपेन्द्र बाबा, मदन टोल विकास संस्थाका अध्यक्ष सूर्यबहादुर स्याङ्तान, माल्दिभ्स टोल विकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद बासुकला, श्रीलंका टोल विकास संस्थाका कोषाध्यक्ष शिव न्यौपाने,पाञ्चायन मन्दिरका अध्यक्ष कृष्ण अधिकारी, पुष्पाञ्जली आमा गस्ती समूहकी अध्यक्ष कल्पना थापा, सामाजिक व्यक्तित्व प्रचण्ड प्रधान साथै अन्य श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*