धुमपान गर्नेलाई कोरोना संक्रमण छिटो हुने
काठमाडौं, ७ साउन । धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसहरूलाई कोभिड १९ को संक्रमण छिटो हुने एक अध्ययनले देखाएको छ ।
कोरोना भाइरस ९कोभिड–१९०को जोखिम पनि सूर्ति सेवनकर्तामा बढी छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रकाशन गरेको प्रतिवेदन अनुसार, कोभिड १९ को संक्रमण सुर्तीजन्य पदार्थको सेवनकर्तामा गम्भीर देखिएको छ ।
कोरोना संक्रमणको मृत्युदर हेर्दा पनि धुमपान गर्नेहरु गम्भीर अवस्थामा पुग्ने र ज्यानै गएको उदाहरण बढी छ ।
























