हेटौंडामा यात्रुलाई ठग्ने सुमो ब्यवसायी प्रहरी नियन्त्रणमा
हेटौँडा । भीमफेदी कुलेखानी हुँदै बागमती प्रदेशको राजधानी हेटौँडाबाट काठमाण्डौँसम्म जानको लागि टाटा सुमोले लकडाउन अघि ४ सय ५० रुपैँया लिने गरेको थियो । तर तीन महिनाको लकडाउनमा थन्किएर बसेका ति साना सबारीले यात्रुलाई अत्याधिक ठग्न सुरु गरेपछि प्रहरीको फन्दामा परेका छन् ।
प्रति यात्रु ३ हजारसम्म भाडा उठाएर यात्रुको मजबुरीको फाईदा उठाएको भन्दै मकवानपुर प्रहरीले मकवानपुरबाट काठमाण्डौँ चल्ने केहि टाटासुमोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानुरले जनाको छ ।
सरकारले पनि सार्वजनिक यातायातमा करिब ५० प्रतिशतसम्म धेरै भडा लिनु भनेको अवस्थामा साढे ४ सयको भाडालाई ३ हजारसम्म पुर्याउनु भनेको निकै निन्दनीय कार्य भएको प्रहरीको निश्कर्ष छ । यसै विषयमा खबरब्रेकलाई प्रतिक्रिया दिँदै मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले भने स् सरकारको नियम अनुसार करिब डेढ प्रतिशतसम्म भाडा बढाउन पाईन्छ तर साढे ४ सयको भाडा ३ हजार पुग्नु सरासर ठगी हो, जनगुनासो आएपछि हामीले तत्काल कारबाहीको दायरामा ल्याएका छौ ।
‘यात्रुसँग २ हजारदेखि ३ हजारसम्म भाडा लिने गरेको पाइएको छ ।
























