बागमती प्रदेशमा ९०८ जनामा कोरोना संक्रमण
हेटौंडा । बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ८ पुगेको छ ।
शुक्रबार प्रदेशमा थप १२ संक्रमित थपिए संगै संक्रमितको संख्या ९ सय ८ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
शुक्रबार थपिनेमा काठमाण्डौका १० जना र चितवनका २ जना रहेका छन् ।
यसैगरि प्रदेशमा हालसम्म कोरोना भाइरसको संक्रमणको कारण १० जनाले ज्यान गुमाएका छन् भने ४५८ संक्रमित उपचार पछि निको भएका छन् ।
























