रञ्जन कोइराला प्रकरणमा फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति
काठमाडौं । सर्वोच्च अदालतले रञ्जन कोइरालाको मुद्दामा पुनरावलोकनको लागि अनुमति दिएको छ।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ, कुमार रेग्मी र प्रकाशकुमार ढुंगानाको इजलासले पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय मिनाहा गर्ने सर्वोच्चकै फैसलामाथि पुनरावलोकन अनुमति दिएको हो। पत्नी गीताको हत्यामा दोषी ठहर कोइरालालाई जिल्ला अदालत र पुनरावेदनले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए।
तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो।
सर्वोच्चको फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका थिए। सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले कोइराला छुटेकै दिन सर्वोच्चमा पुनरवलोकनका लागि निवेदन दर्ता गरेको थियो ।
























