कालापानी-लिम्पियाधुरामा नेपालीको प्रवेश रोक्न नेपालसँग भारतको आग्रह

काठमाडौँ – भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न नेपालसँग आग्रह गरेको छ।

भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पत्र पठाइ गुंजी, कालापानी, लिम्पियाधुरासहितमा अवैध रुपमा नेपालीहरु समूह बनाएर प्रवेश गरेको वा प्रवेश गर्न चाहेको सूचना प्राप्त भएको भन्दै सो कार्य तत्काल रोक्न माग गरेको हो ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले गुंजी, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा अवैध प्रवेश रोक्न आग्रह गरिएको व्यहोरोका पत्र धार्चुला प्रशासनबाट प्राप्त भएको जानकारी दिए ।

पत्रमा उल्लेख छ, ‘विशिष्ट सुत्रबाट थाहा भएको छ कि विभिन्न नेपाली गुट–समूह भारतीय क्षेत्र गुंजी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा आउन चाहन्छन् । जसबाट मिडियाको ध्यान खिच्न सकियोस् र दुवै देशको प्रशासनलाई चिन्तित बनाउन सकियोस् ।’

पत्रमा थप भनिएको छ, ‘सोही कारण यस प्रकारको कुनै सूचना तपाईँहरुसँग भए वा प्राप्त भएमा हामीलाई उपलब्ध गराउनु होला भन्ने अनुरोध छ ।’

नेपालले हालै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो । तर ती क्षेत्र अहिले भारतको भोगचलनमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*