सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय
काठमाडौँ–सुनको मूल्य लगातार बढ्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य तोलामा पनि १२ सय रुपैयाँले बढेर ९७ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार तेजाबी सुनको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य स्थिर रही ११ सय ५५ रुपैयाँमा कारोबार भइररहेको छ। सुनको मूल्य इतिहासकै महँगो भएको महासंघले जनाएको छ।
























