कालीकोटमा पहिरो जादा एकै परिवारका सातसहित ९ जनाको मृत्यु

काठमाडौँ – कालीकोटको नरहरिनाथमा गाउँपालिकामा दुई ठाउँमा पहिरो जाँदा एकै परिवारका सातसहित ९ जनाको ज्यान गएको छ।

नरहरिनाथ–७ मा मंगलबार राति पहिरो जाँदा एकै परिवारका सातजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

ज्यान गुमाउनेमा ६२ वर्षका गंगे बुढा, ६१ वर्षकी नैना बुढा, २४ वर्षका कुशा बुढा, १० वर्षकी चन्द्रिका बुढा, सात वर्षका राम बुढा र डेढ वर्षका चरित्र बुढा रहेको प्रहरीले जनाएको छ।

उनीहरुको पहिरोले पुरिएर घटनास्थलमै ज्यान गएको हो । यस्तै १८ वर्षकी बिमला बुढाको उपचारको क्रममा ज्यान गएको हो।

यस्तै नरहरिनाथ नगरपालिका–४ पहिरोले घर पुरिँदा ६२ वर्षका बाले बुढा र उनकी श्रीमती मन बुढाको ज्यान गएको प्रहरीले जनाएको छ।

सबैको शव निकालेर पोस्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भएको प्रहरीले उल्लेख गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*