वीरगञ्जका थप तीन डाक्टरसहित ४४ जनामा कोरोना संक्रमण
वीरगञ्ज – तीनजना चिकित्सकसहित पर्सामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार राति वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा तीन जना चिकित्सकसहित पर्सामा ४४ जना कोरोना संक्रमित थपिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।
सँक्रमण देखिएका मध्ये नारायणी अस्पतालमै कार्यरत दुई जना डाक्टर रहेका छन्।
वीरगञ्जकै अर्को एक अस्पतालमा कार्यरत डाक्टरलाई पनि कोरोना संक्रमण देखिएको छ।
कोरोना संक्रमण पुष्टि भएका संक्रमित मध्ये ११ जना महिला छन् । संक्रमतिको उमेर १८ वर्षदेखि ७५ वर्ष छ।
नारायणी अस्पताल र एडभान्स अस्पतालमा कार्यरत ६ जना स्टाफ नर्समा समेत संक्रमण देखिएको छ।
























