नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो
काठमाडौँ – ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। शुक्रबार बिहान ६५ वर्षीया महिलाको मृत्यु भएको पाटन अस्पतालले जनाएको छ।
ललितपुरको थसिखेलकी उनी साउन ६ गते अस्पताल भर्ना भएकी थिइन्। स्टार अस्पताललाई गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनी अस्पताल भर्ना भएकी थिइन्।
उनी केही समयअघि मात्र वीरगञ्जबाट आएको बुझिएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।
























