बागमती प्रदेशमा थपिए ३३ संक्रमिण
हेटौंडा । बागमती प्रदेशमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आईतबार प्रदेशको ५ जिल्लामा ३३ जनामा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पुष्टि हुनेहरुमा काठमाण्डौका २२ जना,ललितपुरका ८ जना,भक्तपुरका १ जना,चितवन र सिन्धुलीका एक एक जना रहेका छन् । यो संगै प्रदेशमा संक्रमितको संख्या ११ सय ४८ पुगेको छ ।
यसैगरि प्रदेशमा हालसम्म कोरोना भाइरसको कारण १० जनाको मृत्यु भएको छ भने ५ सय ३४ जना उपचार पछि कोरोना संक्रमण मुक्त भएका छन् ।
























