लगातार बढ्दै सुनको मुल्य,तोलाको एक लाख ३ हजार ५ सय

काठमाडौं –  सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन आज १ हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ ।

चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*