बागमती प्रदेशमा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमण

हेटौंडा । बागमती प्रदेशमा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । शुक्रबार एकैदिन प्रदेशको ६ जिल्ला संक्रमित देखिएका हुन् ।

प्रदेशका विभिन्न अस्पताल र प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं १ सय २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९२, ललितपुरमा १०, नुवाकोटमा ८, मकवानपुरमा ६, भक्तपुरमा ४ र सिन्धुपाल्चोकमा १ गरी १ सय २१ जनालाई संक्रमण देखिएको हो । प्रदेशमा बिहीबार ९ जिल्लाका ९६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । प्रदेशमा बसैभन्दा धेरै काठमाडौंमा संक्रमित थपिएका छन् । यहाँ अहिलेसम्म संक्रमितको संख्या ७ सय ६७ पुगेको छ ।

धादिङमा १ सय ४३, ललितपुरमा १ सय ३३, चितवनमा १ सय २७, भक्तपुरमा ८१ जनालाई संक्रमण पुष्टि भइसकेको मन्त्रालयका कोभिड–१९ प्रवक्ता डा। पुरुषोत्तम राज सेढाईंले जानकारी दिए । प्रदेशमा अहिलेसम्म १० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेको छन् । हाल ९ सय ५३ जना संक्रमितको उपचार भइरहेको छ । यसअघि ५ सय ९१ जना संक्रमितले कोरोना जितेर घर फर्किसकेको प्रवक्ता सेढाईंले जानकारी दिए । योसँगै प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५ सय ५४ पुगेको छ ।

यसैगरी प्रदेशको मुकाम हेटौँडास्थित प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन १७ जनालाई संक्रमण पुष्टि भएको छ । शुक्रबार ६० वटा स्वाबको परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । परीक्षण गर्दा मकवानपुरको ६ सहित बाराका ४, सर्लाहीका ३, रौतहटका ३ र सिन्धुलीको १ जनालाई संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*