हेटौँडा अस्पतालको आकस्मिक कक्षनै क्वारेन्टिनको रुपमा प्रयोग
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको होटल सञ्चालकहरुले कोठा नदिदा हेटौँडा अस्पतालका डाक्टर तथा कर्मचारीहरुले आकस्मिक कक्षलाईनै क्वारेन्टिनको रुपमा प्रयोग गर्नुपरेको छ ।
हेटौँडामा पछिल्लो दिनमा कोरोना संक्रमण बढेको र ति संक्रमितहरु हेटौँडा अस्पतालमा समेत उपचार गर्न गएको पाईएपछि उपचारमा संलग्न डाक्टर तथा पारामेडिक्सको टिम अहिले अस्पतालको आकस्मिक कक्षमानै बसेका छन् ।
हिजो तथा केहि दिन पहिले हेटौँडामा भेटिएका कोरोना संक्रमितहरु हेटौँडा अस्पतालमा उपचारको लागि गएको पाईएपछि आफुहरुले डाक्टर सहितका अन्य कर्मचारीलाइ आकस्मिक कक्षमानै क्वारेन्टिनको ब्यवस्थापन गरेर राखेको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर प्रविण श्रेष्ठले बताए ।
आफुअरुले होटलसँचालकसँग समन्वय गर्न खोजेको भएपनि त्यो संभव नहुँदा समस्या आएको उनको भनाई छ । हेटौँडा अस्पतालका डाक्टर तथा ज्वरो क्लिनिक प्रमुख डाक्टर हरि खड्कालेले हेटल सञ्चालकहरुले रुम नदिँदा आफुहरुले वाध्य भएर आकस्मिक कक्षमा डाक्टर सहितको टोलीलाई राख्नु परेको बताए ।
























