नेकपा मकवानपुरका दुई नेताले दिए राजिनामा

हेटौँडा ।  नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका दुईजना नेताहरुले आफ्नो जिम्मेवारीबाट राजिनामा दिएका छन् । सामजिक सञ्जाल फेसबुक मार्फत प्रेस संगठनका इन्चार्ज देवराज रिमाल तथा प्रचार विभाग प्रमुख नविन सिग्देलले राजिनामा घोषँणा गरेका हुन् ।
नेकपा मकवानुरमा पछिल्लो समय गुटगत क्रियाकलाप बढेपछि नेताहरुबिच फेसबुकमा वारनै चलेको अवस्थामा यि दुई नेताहरुको राजिनामा आएको हो ।

नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल,सचिव प्रेमबहादुर पुलामी सहितको उपस्थितीमा नेकपा केन्द्रीय सदस्य, मकवानपुर इन्चार्ज तथा प्रतिनिधिसभा क्षेत्र नंबर २ का संसद बिरोध खतिवडाले प्रेस संगठन मकवानपुरको भेला तथा अन्तरक्रिया राखेको र प्रचार विभाग तथा प्रेस संगठनको जिम्मेवारी हाँसिल गरेका नेतालाई खबरनै नगरेपछि नेताहरुको राजिनामा आएको अड्कल गरिएको छ ।
फेसबुकमा राजिनामा लेख्दै इन्चार्ज रिमाललले भनेका छन स्नेकपा मकवानपुरको प्रेस संगठन इन्चार्जबाट सार्बजनिक राजिनामा।कार्यार्थ जिल्ला कमिटी , बोधार्थ जिल्ला भन्दा माथिका कमिटी हरु।

त्यसैगरि विभाग प्रमुख सिग्देलले भने स्नेकपा मकवानपुरको प्रचार विभागबाट सार्वजनिक राजिनामा गरे अनुकुलको मान्छे ल्याउनोस् तर अपराध नगर्नुहोस्, मैले सुनेको राति राति लेख्छन् रे, तर मलाई गुट चलाउनु पनि छैन, गर्नेले गरोस् । जोजो ल्याउन पर्नृ ल्याओस्, म प्रचार विभागबाट विदा भएँ । म ईमान्दारपूर्वक हिडेको हो, अब गुट गर्ने ले जिम्मा लियोस् ।

खबरब्रेकलाई प्रतिक्रिया दिँदै प्रचार विभाग प्रमुख सिग्देलले केन्द्रीय नेता तथा मकवानपुर इन्चार्ज खतिवडाले गुटको भेला गरेको आरोप लगाए । उनले गुटको भेला आफु गर्ने र अरुलाई उपदेश दिने काम भैरहेको प्रति चिन्ता ब्यक्त गरे ।
खबरब्रेकलाई प्रतिक्रिया दिँदै रिमालले मकवानपुरमा केन्द्रीय नेतालेनै गुटको खेती गरेको बताए । उनले पत्रकार भेलाको नाउँमा उनीहहरुले नांगो नाच नाचेको समेत आरोप लगाए । दुबै नेताहरुले आज लिखित रुपमा पार्टी कार्यलय पुगेर राजिनामा बुझाउने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*