हेटौँडामा आज २३ जनामा कोरोना पुष्टि

हेटौँडा । आज मकवानपुरमा हालसम्मकै धेरै संख्याको रुपमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हेटौँडामा रहेको कोरोना आइसोलेसन वार्डले दिएको जानकारी अनुसार आज हेटौँडामा कार्यरत ५ जना प्रहरी सहित मकवानपुरको हेटौँडा उपमहानगरपालिका १६ जना स्थायी वासिन्दा तथा एकजना बिराटनगर घर भै हेटौँडामा बस्ने एक जना र एकजना बकैया गाउँपालिका वडा नंबर ४ स्थायी ठेगना भई हेटौँडाको एक सहकारीमा कार्यरत महिला संक्रमित भएकि छिन् ।

आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईकाअनुसार संक्रमित हुनेहरुमा हेटौँडा उपमहानगरपालिका वडा नंबर २ – १ जना, हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ – ४ जना, हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ – ४ जना , हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ – १ जना, हेटौँडा उपमहानगरपालिका वडा नबर ९ – ३ जना, हेटौँडा उपमहानगरपालिका वडा नंबर ११ – १ जना, हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ – १ जना, बकैया गाउँपालिका वडा नंबर ४ – १ जना, बिराटनगर घर भै हेटौँडा बस्ने – १ जना, मकवानपुर गढी गाउँपालिकाका-  १ जना, हेटौँडामा कार्यरत प्रहरी – ५ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*