हेटौंडामा साउन २६ गतेबाट निषेधाज्ञा

साउन २५,हेटौंडा । हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका क्षेत्रमा भोली देखि साउन ३२ गते सम्म निषेधाज्ञा जारी हुने भएको
छ ।

आज मकवानपुुरमा २३ जनामा कोरोना पुष्टि भए संगै जिल्ला प्रशासन कार्यलय मकवानपुरले संक्रमण जोखिमलाई मध्यनजर गर्दै साउन ३२ गते सम्म हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रशासनले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । आज संक्रमित मध्ये १६ जना मकवानपुर घर भएका हुन भने अन्य कामको सिलसिलामा मकवानपुर बस्दै आएका छन्। जसमा मकवानपुरमा कार्यरत ४ प्रहरी रहेका छन्।कमाण्ड पोष्टको बैठकले बागमती प्रदेश प्रवेश गर्ने मुख्य चुरीयामाई नाकामा कडाई गर्ने र जिल्लामा रहेका ब्यूटीपार्लर, हेल्थ क्लब, सैलुन, होटल रेस्टुरेन्ट सञ्चालनमा प्रतिबन्ध लगाइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*