हेटौंडाको सहकारी अस्पतालको एक नर्सलाई पनि कोरोनाको संक्रमण
हेटौंडा । हेटौंडाको मकवानपुर सहकारी अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आईतबार मकवानपुरको विभिन स्थानका २३ जना पुष्टि भएकामा सहकारी अस्पतालमा कार्यरत एक नर्समा पनि पुष्टि भएको हो ।
मकवानपुर सहकारी अस्पतालका संचालक विश्णु गोपाल महर्जनलले खबरब्रेकलाई दिएको जानकारी अनुसार अस्पतालमा कार्यरत एक नर्समा कोरोना देखिए संगै अस्पतालमा कार्यरत १२ जना अस्पतालको क्वारेन्टिनमा रहेका छन् । उनले जनस्वास्थ्यलाई ध्यान दिँदै अन्य सम्पूर्ण सेवा सुचारु रहेको समेत बताए ।
यसगरि हेटौंडामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईतबार मकवानपुर जिल्ला प्रशासन कार्यलयले आज राति १२ बजेबाट हेटौंडा उपमहानगरपालिका सहित महेन्द्र राजमार्गले छोएका मकवानपुरको मनहरी गाउँपालिकाको वडामा समेत निषेधज्ञा गर्न सिफारिस गरेको छ ।
























