पेट्रोल हालेर मोटरसाईकल स्टार्ट गर्ने क्रममा मोटरसाईकलमा आगलागी
हेटौंडा । हेटौंडा उपमहनगरपालिका वडा नंबर ४ मा रहको शिवबुवा पेट्रोल पम्पमा पेट्रोल हालेर मोटरसाईकल स्टार्ट गर्ने क्रममा मोटरसाईकलमा आगलागी हुँदा मोटरसाईकल जलेर ध्वस्त भएको छ ।
सोमबार बिहान साढे १० बजे बा ९२ प २४६३ नंबरको मोटरसाईकल पेट्रोल हालेर स्टार्ट गर्ने क्रममा आगलागी भएको हो ।
मोटरसाईकल आगलागी हुँदा चालक अमृत हमाल सामान्य घाईते भएका छन् ।
मोटरसाईकल मर्मत गरेर पेट्रोल हालेर स्टार्ट गर्ने क्रममा आगलागी भएको बताईएको छ ।
























