आज राति १२ बजेबाट हेटौंडामा निषेधज्ञा
षेधज्ञा जारी भएसँगै खाद्यन्न पसल, तरकारी, फलफुल तथा ग्यास र औषधिजन्य ब्यवसाय खुल्ने र बाँकी सबै ब्यवसायहरु बन्द हुने
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि मकवानपुर जिल्ला प्रशासन कार्यलयले आज राति १२ बजेबाट हेटौंडा उपमहानगरपालिका सहित महेन्द्र राजमार्गले छोएका मकवानपुरको मनहरी गाउँपालिकाको वडामा समेत निषेधज्ञा गर्न सिफारिस गरेको छ ।
निषेधज्ञा जारी भएसँगै खाद्यन्न पसल, तरकारी, फलफुल तथा ग्यास र औषधिजन्य ब्यवसाय खुल्ने र बाँकी सबै ब्यवसायहरु बन्द हुने कमाण्ड पोष्टका सदस्य समेत रहेका मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाले बताए। बैंक तथा वित्तिय सस्था, उद्योग कलकारखना सबै बन्द हुनेछन भने यातायात पनि पूर्ण रुपमा बन्द हुनेछ । मानिसहरु अनावश्यक सडकमा उत्रन पाउनेछैनन् ।
आईतबार मकवानपुरको हेटौंडाका १६ सहित जिल्लाभर २३ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो ।
























