हेटौंडामा निषेधज्ञा : चोक – चोकमा सेना सहितको सुरक्षाकर्मी परिचालन

हेटौंडा ।  हेटौंडामा निषेधज्ञा पालना गराउन नेपाली सेना सहितको सुरक्षाकर्मीहरु खटाईएको छ । गएराति १२ बजेबाट जारी गरिएको निषेधज्ञा पालना गराउन नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

हेटौंडाको बुद्धचोक,सिमाचोक,सितलमहल चोक,कान्तिराजपथ चोक,संगमचोक लगाएत क्षेत्रमा सुनसान बनेको छ । केहि मात्रामा फाट्फुट्ट साना सवारी साधनहरु चलिरहेका छन् ।

बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि मकवानपुर जिल्ला प्रशासन कार्यलयले आजबाट हेटौंडा उपमहानगरपालिकासहित महेन्द्र राजमार्गको आसपासका ५०० मिटर क्षेत्रफलको मकवानपुरको मनहरी गाउँपालिकाको वडामा समेत निषेधज्ञा जारी गरेको छ ।  प्रशासनले सोमबार निषेधज्ञा सम्बन्धी अत्यन्त जरुरी सूचना निकाल्दै आजबाट साउन ३२ गते राति १२ बजे सम्म निषेधज्ञा जारी रहने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*