मकवानपुरमा आज ३७ जना कोरोना संक्रमित थपिए

२९ साउन, हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौंडासहित मकवानपुर जिल्ला कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ ।

मकवानपुरका आज ३७ जना कोरोना संक्रमित पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । आज संक्रमण पुष्टि हुने हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का ७ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ४ का ४ जना, वडा नम्बर २ का १ जना, वडा नम्बर १० का १ जना र वडा नम्बर १३ का १ जना गरि १८ जना छन् ।

यस्तै, भिमफेदी गाउँपालिकाका ३ जना, थाहा नगरपालिकाका २ जना, बकैया गाउँपालिकाका २ जना, चितवन घर भएका १ जना, काठमाडौं घर भएका १ जना र नेपाल प्रहरीका १० जनामा कोरोना संक्रमण देखिएको चौलागाईंले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*