हेटौंडा–३ तीनताप्केमा अटो दुर्घटना हुँदा लोप्चन र रुम्बाको मृत्यु

२९ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ को तीनताप्केमा अटो दुर्घटना हुँदा २ जना मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको तीनताप्के सडक खण्डमा केहि समय अघि चितवन तर्फ जाँदै गरेको ना ६ ख १६११ नंबरको ट्रकले बस्तिपुरबाट हेटौंडा आउँदै गरेका ना २ ह ३४६६ नंबरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर ५ का अमृत लोप्चन र बाबुराम रुम्बा रहेका छन् । गम्भिर घाईते मनहरी गाउँपालिका वडा नंबर ५ का ठुलोकान्छा खड्का को चुरेहील अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*