अयोध्यामा मोदीसँगै पूजा गरेका महन्थलाई कोरोना

२९,साउन ,काठमाडौं । आठ दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यास्थित राममन्दिरको भूमि पूजामा सहभागी एकजना ८२ वर्षीय महन्थलाई कोरोना संक्रमण भएको छ। अयोध्यास्थित तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासलाई कोरोना पोजेटिभ भएको हो। नृत्य गोपाल दास बुधवार जन्माष्टमी मनाउन मथुरा पुगेका थिए। बिहीबार बिहान उनको स्वास्थ्य अचानक बिग्रिएको थियो। मुख्यमन्त्री कार्यालयका कर्मचारी र स्वास्थ्य टोलीले उनी बसेको ठाउँमा पुगेर जाँचेको थियो। त्यहाँ स्वाब लिएर गरिएको परीक्षणमा उनी संक्रमित पाइएको हो। यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथ फोनमा महन्थको स्वास्थ्यको जानकारी लिएका छन्।

योगीले डाक्टर नरेश त्रेहनसँग कुरा गरेपछि उनलाई मेदन्ता अस्पताल भर्ना गर्न भनेका छन्। महन्त नृत्य गोपाल श्रीकृष्ण जन्मभूमि न्यासका अध्यक्ष हुन्। कृष्ण जन्माष्टमीमा बुधवार राति श्रीकृष्ण जन्मस्थानमा आयोजित प्राकट्योत्सव कार्यक्रममा सहभागी भएका थिए। हरेक पटक उनी यो कार्यक्रममा सहभागी हुन्छन्। तर यस पटक उनी अयोध्याबाट पवित्र सरयु जल पनि बाल गोपालको अभिषेकका लागि लिएर गएका थिए।

उनी कृष्णजीको जन्मस्थानमा अभिषेकको बेला पनि बसेका थिए। उनका शिष्यले नै अभिषेक परम्परा पूरा गरेका थिए। बुधवार मध्यराति नृत्य गोपालदास मथुरामा थिए। उनले त्यहाँ कृष्ण जन्मस्थानमा सरयु नदीको जलबाट भगवान श्रीकृष्णको अभिषेक गरेका थिए। यो जल उनले अयोध्याबाट ल्याएका थिए। महन्त गत मंगलवारदेखि मथुराको सीताराम मन्दिरमा बसेका थिए। उनका शिष्य धर्मेन्द्र दासले उनको अवस्था चिन्ताजनक नभएको बताएका छन्। उनलाई श्वास लिन केही समस्या भएको छ। औषधि दिएपछि ज्वरो उत्रिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*