कोरोना संक्रमित देखिएपछि हेटौंडाको ख्वापगल्ली सिल
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ को ख्वापगल्लीका एक जनामा कोरोना भाइरस संक्रमित देखिए संगै उक्त क्षेत्र सिल गरिएको छ ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ख्वापगल्ली क्षेत्र सिल गरिएको हो । वडाको ख्वापगल्ली क्षेत्रलाई ४ नं वडा अध्यक्ष नविन सिग्देलको उपस्थितिमा वडा प्रहरी कार्यालय हेटौंडाले दुबै तर्फबाट सिल गरेको प्रहरी निरिक्षक इस्वरी भण्डारीले जानकारी दिए ।
आज मकवानपुरका २० जनामा कोरोना पुष्टि भएकामा हेटौंडा ४ का ३ जना पुरुष रहेका थिए । जसमा एक जना ख्वापगल्लीका रहेका थिए ।
























