मकवानपुरमा थप ३५ जना कोरोना संक्रमण मुक्त
हेटौंडा । मकवानपुरमा कोरोना संक्रमण पुष्टि भई आइसोलेसन र होम आइसोलेसनमा उपचाररत थप ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो दुई दिनमा थप ३५ जना संक्रमण मुक्त भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिए ।
यो संगै मकवानपुरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ सय ५७ पुगेको छ । यसैगरि मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ९२६ रहेको छ । शुक्रबार मात्रै जिल्लामा थप ९५ जनामा कोरोना पुष्टि भएको थियो ।
यसैगरि मकवानपुरमा हालसम्म कोरोनाको कारण ८ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
























