मकवानपुरमा मंगलबार १६ संक्रमित थपिए
हेटौंडा । मकवानपुरमा मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार मकवानपुरमा संक्रमण पुष्टि भएका १६ जनामा हेटौंडाका १५ जना रहेका छन् भने एक जना मनहरी गाउँपालिकाका रहेका छन् । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ का एक महिनाको शिशुलाई समेत संक्रमण पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए ।
यसअघि सोमबार मकवानपुरका ७१ जनामा संक्रमण पुष्टि भएको थियो ।
























