बागमती प्रदेशले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माणका लागि ३ करोड दिने

हेटौंडा । बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माणका लागि धुर्मुश सुन्तली फाउन्डेसनलाई ३ करोड दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक बर्ष २०७७र०७८ का लागि अनुदान रकम दिन लागको हो ।

कोभिड १९ को सङ्क्रमणका अवस्थामा पनि निरन्तर निर्माण गरीरहेको भन्दै काम सुचारु गर्न सहज होस भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।

यसैगरी गरि बुधबार नै बसेको मन्त्री परिषदको बैठकले प्रदेश सुशासन केन्द्र स्थापना र संचालन आदेश २०७७, प्रदेश भ्रमण खर्च नियमावली, प्रदेश पुर्वाधार बिकास साझेदारी नियमावलीको दोस्रो संसोधन स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*