जनकपुरधाममा रेल आउने भएपछि हेर्ने मानिसहरुको घुइँचो

जनकपुरधाम – लामो पर्खाइपछि जनकपुरधाममा रेल आउने भएपछि रेल हेर्न सर्वसाधारणको घुइँचो लागेको छ। भारतको जयनगरबाट आज जनकपुरधाममा रेल आउने भएपछि जनकपुरधाममा रेल हेर्नेको घुइँचो लागेको हो।

कोरोनालाई बेवास्ता गर्दै मानिसहरु रेल स्टेशनमा जम्मा भएका छन् । नेपालको झण्डा जस्तै रंगमा रंगिएको दुई सेट रेल आज जनकपुरधाम आउँदै छ।

अहिले भारतको जयनगरमा कागजी प्रक्रिया भैरहेको जनकपुरधामका साइट इन्जिनियर बिनोद ओझाले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*