मकवानपुरमा आज २२ जनामा कोरोना पुष्टि

हेटौंडा – मकवानपुरमा आज २२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

 

असोज २ गते १२६ जनाको लिइएको स्वाब जाँचमा २२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिएकामा ७ जना महिला र १५ जना पुरुष रहेका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिए । जसमा हेटौंडा उपमहानगरपालिकाका ११ जना, भीमफेदी गाउँपालिकाका ९ जना र मनहरीकाको २ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*