डा. गोविन्द केसीको स्वास्थ्यमा जटिल समस्या आउन सक्ने
काठमाडौँ– जुम्लामा अनशनरत डा। गोविन्द केसीको स्वास्थ्यमा जटिल समस्या आउन सक्ने चिकित्सकले बताएका छन् ।
सोमबार विज्ञप्ती जारी गर्दै डा। केसीको रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरुमा जटिल समस्या देखिन सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनाएको छ।
अशोज ३ गते डा। केसीलाई बल प्रयोग गरी उपचारका लगि प्रतिष्ठान लगिएको हो। तर आफूलाई जबरजस्ती अस्पताल ल्याइएको भन्दै डा। केसीले कुनै पनि स्वास्थ्य परीक्षणका लागि चिकित्सकसँग सहकार्य गरेका छैनन् ।
उपचार गर्न नमानेका कारण डा। केसीलाई जाँच तथा उपचारमा सहज हुने स्थानमा स्थानान्तरण गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
























