मनहरीमा इनारभित्र पस्मा दुईजनाको मृत्यु, एक अचेत

हेटौंडा । मनहरी गाउँपालिका ७ मा ईनारमा पसेर वेपत्ता भएका दुई जना मृत अवस्थामा फेला परेका छन् । मनहरी गाउँपालिका वडा नंबर ७ को तल्लो मनहरी बजारमा रहेको शाह पार्टी प्यालेसको इनारमा मोटर बनाउन पसेका पार्टी प्यालेसका सञ्चालक सुरज शाह बेपत्ता भएका थिए ।

मोटर बनाउन पसेको निकै बेरसम्म पनि शाह नआएपछि उनको खोजिको लागि इनारमा पसेका स्थानीय उत्सब नेपाली समेत बेपत्ता भएका थिए । उनीहरु दुई जनाको मृत्यु भएको छ भने अर्का एक जनाको अचेत अवस्थामा उद्धार गरिएको छ ।

ईनारभित्रै हराएका उनीहरु दुवै जनाको उद्धारमा खटिएको स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा शव ईनारभित्रबाट निकालिएको हो । उद्दारको लागि वागमती प्रदेश प्रहरी विपद ब्यबस्थापन गुल्मको विशेष गोताखोर जुटेका हुन ।

२८ वर्षीय साह मोटरपम्प बनाउन ईनारमा पसेकोमा बाहिर नआएपछि अर्का स्थानीय उत्सव नेपाली पनि ईनारमा पसेका थिए । साह र २६ वर्षीय नेपाली दुवै जना बाहिर नआएपछि उद्धारका लागि डोरीको सहायताले पसेका आनन्द लोभित्र पस्दा पस्दै बीचमै अचेत हुनुभएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रवक्ता रानाका अनुसार डोरीको सहायताले ईनारभित्र गएका २६ वर्षीय लो अचेत भएपछि स्थानीयको सहयोगमा उद्धार गरिएको थियो । लोलाई थप उपचारको लागि चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रवक्ता रानाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*