चितवनमा हेटौंडाका एक कोरोना संक्रमितको मृत्यु

मकवानपुर । चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का ७४ बर्षीय पुरुष छन् ।

अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीका अनुसार मकवानपुरका ती पुरुष श्वासप्रस्वास र निमोनिया सम्बन्धी समस्या भएर भदौ ३ गते अस्पतालमा भर्ना भएका थिए । उनको शुक्रबार गरिएको स्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनको गएराती १२ बजे मृत्यु भएको प्रेस संयोजक अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*