मकवानपुरको ज्यामिरे र विमिरे खोलामा दुई शव फेला

मकवानपुर — मकवानपुरको छुट्टाछुट्टै स्थानमा खोलाले बगाएको अवस्थामा दुई वटा शव फेला परेको छ । शनिबार बिहान मकवानपुरको कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा गरी दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कैलाश गाउँपालिका वडा नम्बर ५ र १ को सीमामा पर्ने विमिरे खोलामा एक पुरुषको फेला परेको र अहिले इलाका प्रहरी कार्यालय पालुङको टोली त्यसतर्फ गएको प्रहरीले जनाएको छ ।

‘घटनास्थल पुुुुग्न पालुङबाट करिब ४ घण्टा लाग्ने भएकोले घटनाको थप विवरण भने प्राप्त हुन सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए ।

हेटौंडा–१९ मा पर्ने ज्यामिरे खोलामा पनि एक महिलाको शव फेला परेको र अहिले त्यसतर्फ इलाका प्रहरी कार्यालय कार्यालय नेवारपानीबाट प्रहरी टोली गइसकेको राठौरले बताए । उनका अनुसार अन्दाजी ४५ वर्षीया महिलाको शव खोलामा फेला परेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*